English
२०८३-०४-०४ ,
  • नेपाल सरकार
  • नेपाल कृषि अनुसन्धान परिषद्
  • सिंहदरबारप्लाजा, काठमाण्डौँ
  • "कृषिमा समस्या छ? शुक्रबार अपराह्न ४–६ बजे ११३५ मा फोन गर्नुहोस् — वैज्ञानिक सुझाव पाउनुहोस्!"
Notices Email us Our location Call 1135
नेपाल कृषि अनुसन्धान परिषद् र कर्मचारी सञ्चय कोषबीच योगदानमा आधारित निवृत्तभरण सम्झौता
प्रकाशन मिति: २०८३-०३-१८

काठमाण्डौँ — नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र कर्मचारी सञ्चय कोषबीच योगदानमा आधारित निवृत्तभरण (पेन्सन) प्रणाली सम्बन्धी एक महत्त्वपूर्ण सम्झौता सम्पन्न भएको छ।

नेपाल कृषि अनुसन्धान परिषद् कर्मचारी प्रशासन विनियमावली २०८२ बमोजिम मिति २०७५ साउन १ गते पश्चात परिषद्को स्थायी सेवामा नियुक्त भएका कर्मचारीहरूलाई यो सुविधा उपलब्ध गराउने प्रयोजनका लागि मिति २०८३ असार १८ गते दुई संस्थाबीच औपचारिक सम्झौता भएको हो।

सम्झौता पत्रमा परिषद्का कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठ र कर्मचारी सञ्चय कोषका प्रमुख कार्यकारी अधिकृत श्री वीरेन्द्र पौडेलले हस्ताक्षर गर्नुभयो। उक्त अवसरमा परिषद्को तर्फबाट योजना तथा समन्वय निर्देशक डा. भानुभक्त पोखरेल र आर्थिक प्रशासन निर्देशक डा. राजेन्द्र पण्डितको उपस्थिति थियो भने कोषको तर्फबाट वरिष्ठ प्रबन्धक श्री रविन केसी लगायतका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

यस सम्झौताबाट परिषद्को सेवामा हालसालै नव नियुक्त भएका र त्यसपछि नियुक्त हुने सम्पूर्ण कर्मचारीहरू योगदानमा आधारित निवृत्तभरण सुविधाको दायरामा आउनेछन्।

परिषद्ले आफ्ना कर्मचारीहरूको सेवा-सुविधालाई थप सुदृढ र सुरक्षित बनाउने दिशामा सदैव प्रतिबद्ध रहने जनाएको छ।

 

1782990586_6a4646faaa367.jpeg