English
२०८३-०१-२४ ,
  • नेपाल सरकार
  • नेपाल कृषि अनुसन्धान परिषद्
  • सिंहदरबारप्लाजा, काठमाण्डौँ
  • "कृषिमा समस्या छ? शुक्रबार अपराह्न ४–६ बजे ११३५ मा फोन गर्नुहोस् — वैज्ञानिक सुझाव पाउनुहोस्!"
Notices Email us Our location Call 1135
नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशकमा डा. कृष्णप्रसाद तिम्सिना नियुक्त
प्रकाशन मिति: २०८२-०४-१६

काठमाडौं, फागुन १२, २०८२। सरकारले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशकमा डा. कृष्णप्रसाद तिम्सिनालाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले उनीलाई यो जिम्मेवारी दिने निर्णय गरेको हो।

कृषि अर्थशास्त्रका विशेषज्ञ तिम्सिना
कृषि अर्थशास्त्रका विशेषज्ञ डा. तिम्सिना १५ वर्षभन्दा बढीको अनुभव लिएर आएका छन्। यो नियुक्तिअघि उनी नार्क अन्तर्गत राष्ट्रिय कृषि नीति अनुसन्धान केन्द्रका प्रमुखको रूपमा सेवारत हुनुहुन्थ्यो।

उच्च शिक्षा र अन्तर्राष्ट्रिय अनुभव
डा. तिम्सिनाले सन् २०१५ मा थाइल्यान्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (AIT) बाट पीएचडी गरेका छन्। यसपछि उनी अस्ट्रेलियाको चार्ल्स स्टर्ट विश्वविद्यालय र अमेरिकाको न्यू मेक्सिको स्टेट युनिभर्सिटीमा गरेको पोष्ट-डक्टरल अनुसन्धानले उनको अकादमिक प्रोफाइललाई अझ समृद्ध बनाएको छ।

सामूहिक समन्वयमा विश्वास
आज परिषद्‌मा आयोजित स्वागत समारोहमा बोल्दै डा. तिम्सिनाले सामूहिक समन्वय र नेतृत्वद्वारा नार्कको प्रभावलाई अगाडि बढाउने जोडदार प्रतिबद्धता व्यक्त गरे।

नेकर्पा परिवारले नयाँ कार्यकारी निर्देशकलाई हार्दिक मंगलमय कामना र बधाई दिदै उनको कार्यकाल सफल र सार्थक हुने अपेक्षा व्यक्त गरेको छ।